उस्तै छ हामीलाई पिरलो

उस्तै छ हाम्रो अवस्था

उस्तै छ शासन जनतलाई

उस्तै छ फेरी ब्यबस्था



फेरिए घुम्ने कुर्सिमा शासन गर्ने मान्छे हरु

फेरियो रुप सोसण को फेरिए लुट्ने मान्छेहरु

उस्तै छ रुप देशको

उस्तै छन् दुखि जनता

उस्तै छ दमन हामिलाइ

उस्तै छ फेरि ब्यबस्था



गर्जनै पर्छ बसन्त झन् ठुलो हुन्कार् बोकेर

उठ्नु नै पर्छ जनता मुक्तिको बिगुल् फुकेर

सामन्ति जालमा परेर फेरिन्न हाम्रो अवस्था

बर्गिय युद्ध जितेर ल्याउनुछ नया ब्यबस्था

उस्तै छ हामीलाई पिरलो

उस्तै छ हाम्रो अवस्था

उस्तै छ शासन जनतलाई

उस्तै छ फेरी ब्यबस्था

0 comments

Post a Comment

PLEASE LEAVE YOUR COMMENT HERE. COMMENT WILL BE PUBLISHED AFTER REVIEW OF ADMIN

jiban sharma on Facebook