म-भरिया अघि लाइ आउनु पर्ने के भयो
एकलै आउनुभो स्वामी बरिलै
पु-सुनबुट्टे रेशमी साडी ल्याउन सकिन नेपाली एकता हेर बरिलै
म-लाहुरको सम्झना रित्तो झोला देखेर दङदासै परियो हामि बरिलै
पु-मखबलि चोलिया ल्याउन मैले पाइन पुरानो बिचार फेर बरिलै
दस हण्डर खाइयो तिता भुजा पचाइयो के हुन्थ्यो हामीलाइ बिदेशको भर
जुठ्ठा भाँडा माझेर चौकिदारी गरेर के बन्थ्यो गतिलो दुखियाको घर
भरिया बाकस ल्याउन मैले पाइन धैरै छन मनमा कुरा बरिलै
मखमली चोलिया ल्याउन मैले पाइन पुरानो बिचार फेर बरिलै
म-नौगाउँ डुलेर रनबन घुमेर यि बाला हुर्काउन सक्नु पर्यो पीर
दश नङ्ग्रा खियाउँदा पसिनाको नौ धार तै पनि हाम्रो उच्च हुन्न शिर
कि गरी खाउँला कि त मरिजाउँला ठिकै छ आउनुभो स्वामी बरीलै


0 comments