बिदेशि धर्ति रगतले भिज्यो नेपाली बीरको
मुटुमा गोलि छातिमा रगत मनभरि पिर भो
डाँडाकाँडा मा डुलेको नेपाली
पाखा पखेरामा फुलेको नेपाली
धनको खोजिमा हिडेको नेपाली
अर्कैको भुमिमा भिडेको नेपाली
यो धर्ति सारा रगतले भिज्यो यो छाति चर्केर
नरुनु ठुलि बाँचे म आउला गाँउमै फर्केर
जालि फटाहाको नौजालि खेलमा
भासियेर बिदेश् पस्यौं बैसालु दिनमा
लुटेरा सोशक् झन बढि पल्कियो
बिसबाइसे कल्कल्कलाउदो उमेर पनि ढल्कियो
सिमाना चौकि मरिनेपो हो को अर्कैको धर्तिमा
भो फर्क भाइहो न आउनु फेरि बिदेशी भर्तिमा


नेपालीको मन छुने गीतहरुको संगालो मात्र लाग्न सक्छ "रक्तिम", यो त प्रबाह हो जहाँ मेरो,तिम्रो,हाम्रो र राम्रो, सबैका ढुकढुकिहरू बगिरहने छन् ।